काठमाडौं- घरेलु टिम न्युजिल्यान्डले बंगलादेशविरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा जित निकालेको छ। आइतबार भएको खेलमा न्युजिल्यान्डले बंगलोदशलाई ६६ रनले पराजित गरेको हो।
२११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो। बंगलादेशका अफिफ हुसैनले ४५, मोहम्मद सैफुदिनले ३४ र होम्मद नाइमले २७ रन बनाए। बलिङतर्फ इस सोधीले चार र लोकिई फर्गुसनले दुई विकेट लिए।
हामिल्टनमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१० रन बनाएको थियो। न्युजिल्यान्डका लागि डेभोन कोनवेले ९२ रन बनाए।
५२ बलको सामना गरेका उनले ११ चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, विल योङले ५३ र मार्टिन गुप्टिलले ३५ रन बनाए। बलिङतर्फ नासुम अहमदले दुई विकेट लिए।
यो जितसँगै घरेलु टिम न्युजिल्यान्डले तीन खेलको टि–२० क्रिकेट सिरिजमा १–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।