काठमाडाैं- चीनले अनुदान सहयोगस्वरुप नेपाललाई दिन लागेको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप बेइजिङ एयरपोर्टमा आइपुगेको छ।
चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको शनिबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी हुन्। उनले उक्त खोप छिट्टै नेपाल पुग्ने बताएकी छन्।
‘चीनले नेपालका लागि सहयोगार्थ प्रदान गर्न लागेको ८ लाख डोज कोभिड खोप बेइजिङ अन्तर्राष्टिङय विमानस्थलमा आइपुगेको छ। ती खोप छिट्टै नेपाल आउँदैछन्’, उनले लेखेकी छन्। उक्त खाेप लिन नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज यही चैत १५ गते उडान भर्ने छ।
बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौं अवतरण गर्ने निगमको उडान तालिका रहेको छ। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।