काठमाडौं- भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन्। ‘कोरोना संक्रमणको सामान्य लक्षण देखापरेपछि आज मैले परीक्षण गरेको थिएँ, रिपोर्ट पोजेटिभ आएको छ। घरमा अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ,’ उनले लेखेका छन्।
उनले कोरोनाबाट बच्न आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भएको बताएका छन्। उनी हाल घरमै क्वारेन्टाइन बसिरहेका छन्। ‘म आफैं घरमा अलग्गिएर बसिरहेको छु। यसका साथै चिकत्सकहरुको सल्लाहअनुसार आवश्यक प्रोटोकल पालना गरिरहेको छु,’ उनले लेखेका छन्।
पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको छ। उनले ‘प्रान्ट लाइन’मा खटिएका चिकित्सकहरुलाई समेत धन्यवाद दिएका छन्।
‘म सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु जसले म र देशभरिका अन्य धेरै नागरिकलाई सहयोग गर्दै आएका छन्। तपाईंहरु पनि ख्याल राख्नुहोस्,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।