फाइल तस्बिर
काठमाडौं- ललितपुर मेयर-११ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताका लागि टिम घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ललितपुर मेयर-११ टिमबाट खेल्ने खेलाडीको टुंगो लगाएको हो।
ललितपुरको कप्तानको जिम्मेवारी सरस्वती चौधरीले पाएकी छिन्। उनको कप्तानीमा ललितपुरका लागि १४ सदस्यीय खेलाडी घोषणा गरेको हो। ललितपुरको मेयर-११ टिममा कप्तान सरस्वतीसँगै अनुराधा चौधरी, कविता गौतम, सोभा आले, विमला मगर, विन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती बिडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अनिसा लामिछाने र निशा पराजुली रहेका छन्।
चैत २१ गतेदेखि २८ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिम छन्। जसमा ललितपुर मेयर-११ सँगै सशस्त्र प्रहरी बलको एपिएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश रहेका छन्।
चैत २१ गते दुई खेल हुँदै छन्। पहिलो खेल प्रदेश १ र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर-११ टिमबीच खेल हुनेछ। प्रतियोगितामा दोस्रो दिन चैत २२ गते पहिलो खेल ९ बजे एपिएफ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। दोस्रो खेल ललितपुर मेयर-११ र लुम्बिनी प्रदेशबीच हुनेछ। तेस्रो दिन २३ गते एक खेल दिउँसो १ बजे लुम्बिनी प्रदेश र प्रदेश १ बीच हुनेछ।
प्रतियोगितामा चौथो दिन चैत २४ गते पहिलो खेल बिहान ९ बजे ललितपुर मेयर-११ र एपिएफबीच तथा दोस्रो खेल दिउँसो १ बजे प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। पाँचौं दिन चैत २५ गते बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच एक खेलमात्र हुनेछ। चैत २६ गते बिहान ९ बजे ललितपुर मेयर-११ र प्रदेश १ तथा दिउँसो १ बजे लुम्बिनी प्रदेश र एपिएफले खेल्ने छन्। लिगको खेल सकिएपछि अंक तालिकाको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल चैत २८ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा विजेता टिमले तीन लाख र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। 'प्लेयर अफ दि सिरिज'ले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सम्यानले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।