काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रीकालीन कार्यक्रममा राती नौ बजेपछि बन्द गर्न सुझाव दिएको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिसमक्ष मन्त्रिपरिषद्को कार्यालयले यस्तो सुझाव पठाएको हो।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको र डबल म्युटेन्टसमेत सुरु भएको भन्दै सावधानी अपनाउन सरकारले आग्रह गर्दै आएको थियो।
मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई प्रस्तावमा स्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गराउनसमेत सुझाव दिएको छ। यसका साथै रात्रीकालीन व्यवसाय संचालनको व्यवस्थापन र अनुगमनको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले लिइने व्यवस्था गर्न सुझाव दिएको हो।
मन्त्रिपरिषद् कार्यालयको सुझावअनुसार सिसिएमसीले निर्णय गरी पुनः सरकारलाई सिफारिस गरी मन्त्रिपरिषद्ले निर्णय गरेमा यी व्यवस्था लागू हुनेछन्।
यस्ता छन् मन्त्रिपरिषद् कार्यालयका ८ सुझाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।