काठमाडौं- नेपालका सन्दीप लामिछानेले इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने भएका हुन्। वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबका अनुसार सन्दीपले टि-२० ब्लास्ट खेल्ने भएका हुन्। प्रतियोगिता आगमी जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ।
सन्दीपले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा ओभल इन्भीनसिभल्सबाट खेल्ने छन्। गत वर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ करोड ५० लाखमा आबद्ध गरेको थियो। तर, कोरोना महामारीको कारण उक्त वर्ष ‘द हन्ड्रेड’ हुन सकेन। उक्त प्रतियोगिता यो वर्ष हुँदै छ।
सन्दीपले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्वारेवियन प्रिमियर लिग, टि-२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगातका विश्व चर्चित टि-२० फ्रेन्चाइज लिग खेली सकेका छन्। २०२१ को आइपिएलमा भने सन्दीपलाई कुनैपनि टोलीले अक्सनमा अनुबन्धित गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।