काठमाडौं- बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि र बलियो नेपाल पोषण अभियानको सहयोगमा ‘बलियो नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ वर्ष मुनिका खेलाडीहरूबीच अन्तरजिल्ला क्रिकेट प्रतिस्पर्धा हुनेछ। आयोजकले १२ वटै जिल्लास्थित क्रिकेट संघहरूमार्फत् खेलाडी छनोट गर्नेछ।
छनोट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गराइने आयोजकले जानकारी दिएको छ। यो प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरष खेलाडीहरुलाई आगामी दिनमा क्रिकेट सम्बन्धी विभिन्न कार्यक्रमहरूमा समावेश गरिने आयोजकले जनाएको छ।
खेलाडी छनोट कार्यक्रम मार्च २५ देखि २८ तारेखसम्म हुनेछ। बलियो नेपाल कप क्रिकेट प्रतियोगिता भने अप्रिल ३ देखि १० तारेखसम्म दाङको लमहीमा आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।