काठमाडाैं- संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री तथा दुबईका उपशासक शेख हमदान रशीद अल मकतूमको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा निधन भएको हो।
उनका भाई तथा प्रधानमन्त्री मोहम्मद बिन रशीदले बुधबार मकतूमको निधन भएको पुष्टि गरे। मकतूमले आफ्नो भाइको अधीनमा दुबईको उपशासकको रूपमा काम गरेका थिए। विगत केही महिनादेखि मकतूम अस्वास्थ्य थिए।
‘उहाँ लामो समयदेखि बिरामी पनि हुनुहुन्थ्यो। उहाँ एक शल्यक्रियाको लागि विदेश पनि जानु भएको थियो,’ उनको भाइले ट्वीट गरेका छन्।
मकतूमले सन् १९७१ देखि अर्थमन्त्रीको पद सम्हालिरहेका थिए। उनी सत्तामा रहँदा विदेशबाट ठूलो मात्रामा लगानी भित्र्याएका थिए। उनले दुबईलाई क्षेत्रीय वित्तीय केन्द्रमा रूपान्तरण गरेका थिए।
उनको अन्त्येष्टिमा परिवारका सदस्यहरू मात्र सहभागी हुनेछन्। यसका साथै तीन दिन शोक बिदासमेत दिइएको छ। अबुधाबीका क्राउन प्रिन्स मोहम्मद बिन जायद अल नाह्यानलेको मकतूमको निधनप्रति शोक व्यक्त गरेका छन्।
‘आज हामीले युएईका एक धेरै वफादार मानिसलाई गुमायौं, जसले आफ्नो जीवनभर देशभक्ति देखाएका थिए,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।