काठमाडाैं- पछिल्लाे २४ घण्टामा देशभर थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४०३२ मा पिसिआर गर्दा १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ। यस्तै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ।
पछिललाे २४ घण्टमा मात्रै ७७ जना निको भएर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।