• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, सरकारको फितलो तयारी

संक्रमितमा कडा निमोनिया
कमला गुरुङ सोमबार, चैत ९, २०७७  २१:३५
1140x725

काठमाडौं- एक सातासम्म पनि खोकी निको नभएपछि वीरगञ्जका ३० वर्षीय एक युवा नारायणी अस्पतालमा पुगे। उनको कोरोना परीक्षण भयो र पुष्टि पनि।

फोक्सोमा कडा खालको निमोनिया नै भइसकेको थियो। कडा खालको निमोनिया देखिएपछि ती युवा काठमाडौंको एक अस्पतालमा हाल उपचाररत छन्। 

ट्राभल हिस्ट्री बुझ्दा उनी करिब दुई साताअघि भारतको कोलकत्ताबाट नेपाल आएका थिए। भारतबाट आए लगत्तै खोकी लाग्ने समस्याले उनलाई सताउन थाल्यो। खोकी निको नभएपछि मात्र उनी वीरगञ्जको नारायणी अस्पतालमा पुगेका थिए। 

उनी मात्र होइन, भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमणसँगै त्यसका कारण कडा खालको निमोनिया पनि देखिएको छ। नारायणी अस्पतालका डा निरज सिंहले भारतबाट आउने नेपालीमा यस किसिमको समस्या देखिने गरेको बताए। 

भारतमा देखिन थालेको कोरोना संक्रमण नयाँ प्रजातिको हो वा पुरानै हो भन्ने यकिन भइसकेको छैन। तर भारतबाट नेपाल आउनेहरूमा पनि कडा खालको निमोनिया देखिनुले पनि यो नयाँ भाइरस भित्रिएको हो कि भन्ने उनको आशंका छ। 

‘भारतमा नयाँ प्रजातिको कोरोना संक्रमण हो वा होइन यकिन छैन। तर यसरी भारतबाटै आएका नेपालीमा कडा निमोनिया देखिनु नयाँ भाइरस नेपालमा भित्रिन लागेको हो कि भन्ने हामीलाई लागेको छ,’ उनले भने। 

डा सिंहका अनुसार अहिले भारतीय सीमा नाकामा रहेको वीरगञ्जलगायतका क्षेत्रमा कोरोना संक्रमणको दर कम नै छ। तर, भारतमा संक्रमण बढ्दै जाँदा होलीपछि भारतको संक्रमण नेपालमा प्रवेश गर्ने जोखिम उच्च भएको उनले बताए। भारतमा देखिएको कोरोना संक्रमण नेपालमा प्रवेश गर्न नदिन सरकारले होली पर्वलाई लक्षित गरी सीमा नाकामा विशेष स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनको जोड छ। 

‘होलीको माहोलले भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमण बढ्न सक्छ जस्तो लाग्छ,’ उनले भने, ‘भारतमा देखिएको संक्रमण नेपालमा भित्रिन नदिन सरकारले होली पर्वलाई लक्षित गरी सीमा नाकामा कडाइ गर्नुपर्छ। शंकास्पद व्यक्तिलाई नेपाल भित्रिएपछि क्वारेन्टाइनमा राख्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सुदूरपश्चिम प्रदेशमा पनि भारतबाट नेपाल फर्कनेको संख्या बढ्दै गएपछि नाकामा निगरानी बढाउन सुरु गरिएको छ। उपत्यकाका अस्पतालमा भर्ना भएका संक्रमितमा पनि कडा खालको नियमोनिया देखिएको बताइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलका अनुसार केही दिन अघि काठमाडौंको एक होटलमा ५० जनाको जमघट हुँदा त्यहाँ सहभागी भएकामध्ये ४० जनाले पिसिआर परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको थियो। संक्रमण देखिएकामध्ये ७ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए।

'५ घण्टा एउटा जमघटनमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन,' उनले भने, 'यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ की भन्ने आशंका बढाएको छ। यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ।'

बढ्दै संक्रमितको संख्या 
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ। जोखिम मात्र होइन, संक्रमितको संख्या पनि विस्तारै बढ्दो क्रममा छ। 

पछिल्लो नौ दिनमा मात्र ८ सय ७९ कोरोना संक्रमित थपिएका छन्। हाल दैनिकजसो १ सयको हाराहारीमा संक्रमित भेटिन थालेको छ। सोमबार मात्रै १ सय ५० जनामा कोरोना संक्रमण फेला परेको छ। 

चैत १ मा ५३, चैत २ मा ७९, चैत ३ मा ११४, चैत ४ मा ९४, चैतमा ५ मा १०७, चैत ६ मा १२५, चैत ७ मा ७९ र चैत ८ मा ७७ जना कोरोना संक्रमित भेटिएका छन्। 

विज्ञ भन्छन्– नेपालमा फेरि पनि महामारी फैलिन सक्छ, बलियो तयारी चाहिन्छ
नेपालमा फेरि पनि कोरोनाले महामारीको रुप लिनेसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। भारतमा संक्रमणको दर बढ्दै जाँदा नेपाल पनि यसबाट अछुतो रहन नसक्ने उनीहरुको तर्क छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी भन्छन्, ‘यो सरुवा रोग हो। भारत र नेपालको सीमाना खुला छ। जसका कारण दैनिक आउने क्रम बढी नै हुन्छ। त्यसैले अहिले त उच्च जोखिम छ।’ 

सरकारले भारतसँगको खुला सीमा नाका क्षेत्रमा कडा रुपले निगरानी गर्नुपर्ने उनले बताए। सरकारको फितलो तयारीले पुनः महामारी फैलिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरे।

उनले भने, ‘सीमा नाकामा डाक्टरसहितको टोली राख्नुपर्छ। आइसोलेनसमा राख्न दिने अधिकार डाक्टरलाई दिनुपर्छ।’

संक्रामक रोग नियन्त्रण ऐन संशोधन गर्न उनको सुझाव छ। समय सापेक्ष र आवश्यकता अनुसार ऐन संशोधन गर्नुपर्नेमा उनको जोड छ। उनका अनुसार जिल्लाहरुमा रहेका प्रयोगशालाहरुलाई पुनः सक्रिय बनाउनुपर्छ। 

क्वारेन्टाइनलाई प्रभावकारी रुपमा लागू गर्न सके पनि संक्रमणको जोखिम धेरै हदसम्म कम हुने उनले बताए। 

जोखिम नियन्त्रणका लागि सरकारको तयारी
भारतमा संक्रमणको दर बढ्न थालेपछि भारतका विभिन्न प्रान्त तथा केही सहरहरुमा लकडाउन तथा रात्रीकालीन कफ्र्यु लगाउन थालिएको छ। तर ती प्रान्तमा रहेका नेपालीहरु स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम पनि उत्तिकै छ। 

जोखिमलाई कम गर्न सीमा नाकामा निगरानी बढाउने निर्णय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए। भारतबाट नेपालमा कोरोना नफैलियोस् भनेर सीमा नाकाहरुमा ज्वरो तथा एन्टिजेन परीक्षण गरिने उनले बताए। 

उनले भने, ‘नेपाल प्रवेश गर्ने नाकाहरुमा पहिले खटाएका कर्मचारीहरु छन्। सम्भव हुने ठाउँसम्म कोभिड परीक्षण गर्दा पोजेटिभ आए उहाँहरुको अवस्था अनुसार स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका छौँ।’

एन्टिजेटन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिककैको अस्पतालमा व्यवस्थापन गर्न पनि निर्देशन दिइसकेको उनले बताए। मन्त्रालयले जोखिमलाई मध्यनजर गरी बाहिरबाट नेपाल भित्रनेहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ। 

अवस्था हेरेर अन्य तयारीहरु थालिने उनले बताए। अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको उनले जानकारी दिए।

उनले जोखिम फेरि पनि बढ्न सक्ने भन्दै मास्क लगाउने, साबुन पानीले हात धुने तथा भौतिक दूरी कायम राख्न सबैलाई आग्रह गरे।

डा बास्तोला पनि अहिले कम ‌संक्रमित देखिएको भन्दै निर्धक्क भएर हिँड्न नहुने बताउँछन्। 

'अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी निर्धक्क हिडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौँ, त्यसले जोखिम झनै बढाउन सक्छ,' उनले भने, 'पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भएको छ भन्दा फरक नपर्ला। त्यस्तै असर नेपालमा पनि पर्न सक्छ। त्यसकारण समयमा नै सचेत हुन आवश्यक छ।'

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्