काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना संक्रमित थपिएका छन्। साेमबार थपिएकासँगै कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ। पछिल्लो २४ घण्टामा ९९ संक्रमित निको भएका छन्। कूल संक्रमितमध्ये २ लाख ७२ हजार २० जना निको भइसकेका छन्।
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। यससँगै मृतककाे कूल संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।