काठमाडौं- ललितपुर मेयर महिला च्याम्पियनसिप टी ट्वान्टी क्रिकेटमा पाँच टिम सहभागी हुने भएका छन्।
आउँदो २१ गतेदेखि २८ गतेसम्म चल्ने प्रतियोगितामा गएको पुसमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सेमिफाइनल पुगेका टिमसँगै ‘मेयर एघार’ टिमले खेल्ने भएका हुन्।
प्रधानमन्त्री कपमा प्रदेश नम्बर १, एपिएफ, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका थिए। ‘मेयर एघार’मा रहने पाँचौं टिममा क्यानले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गर्नेछ।
पाँच टिमले एकअर्कासँग एक–एक खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल खेल्नेछन्। प्रतियोगितमा विजेता टिमले तीन लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याटरले १५ हजार रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।