काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
हाल देशभर एक हजार एक जना सक्रिय संक्रमित रहेका छन्।
शुक्रबार १२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको मन्त्रालयले जनाएकाे छ।
गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।