काठमाडाैं- पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन्। बुधबार ५५ जना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको मन्त्रालयले जनाएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।