काठमाडौं- पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७ सय ९० पीसीआर परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि भएकाे हाे।
काठमाडौं उपत्यकामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३४, ललितपुरका ७ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ। देशभर ९१५ सक्रिय संक्रमित रहेका छन्। मंगलबार ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।