काठमाडाैं- पछिल्लाे २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३३ सय ११ काे पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ७५ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।