काठमाडाैं– पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
देशभर हालसम्म ९१५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको छ।
गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।