नयाँदिल्ली– बलिउड अभिनेता मनोज बाजपेयी कोरोना भाइरसबाट संक्रमित भएका छन्। फिल्मको सुटिङको क्रममा बाजपेयी संक्रमित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
‘मनोज बाजपेयीका पोजेटिभ देखिएका छन्। सुटिङ रोकिएको छ। यो फेरि केही महिनापछि सुरु हुनेछ,’ मनोजका तर्फबाट जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
५१ वर्षीय बाजपेयी ‘डिस्प्याच’ फिल्मको सुटिङ गर्दै थिए, जसको निर्माण रोनी स्क्रूलवालाले गरिरहेका छन्। उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा छन्।
उनले आफँलाई घरमै क्वारेन्टाइन गरेका छन्। १९९४ मा ‘द्रोहकाल’ नामक फिल्ममार्फत बाजपेयीले बलिउड डेब्यु गरेका थिए। १९९८ मा प्रदर्शनमा आएको ‘सत्या’ फिल्मले बाजपेयीलार्य बलिउडमा चिनाउने काम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।