काठमाडौं–घरेलु टिम भारतविरुद्ध टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले जित निकालेको छ। इंग्ल्यान्डसँग भारत आठ विकेटले पराजित भएको हो।
१२५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १५.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। इंग्ल्यान्डका जासन रोयले ४९ रन बनाउँदा जस बटलरले २८, जोनी बैरस्टवले अविजित २६ र डविड मलनले अविजित २४ रन बनाए।
बलिङतर्फ भारतका वासिङटन सुन्दर र युज्भेन्द्रा चाहलले समान १–१ विकेट लिए। अहम्दाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२४ रन बनाएको थियो।
भारतका श्रेयस ऐयरले ६७ रन बनाएपनि अन्य ब्याट्सम्यान सस्तैमा समेटिए। बलिङतर्फ जोफ्रा आर्चरले तीन विकेट लिए। यो जितसँगै इंग्ल्यान्डले पाँच खेलको टि–२० क्रिकेट सिरिजमा १–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।