काठमाडाैं– पछिल्लो २४ घण्टामा देशभर थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५ सय १२ पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएकाे हाे।
काठमाडौं उपत्यकामा मात्रै थप २६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंका १९, ललितपुरका ४ तथा भक्तपुरका ३ जनामा संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।
देशभर हालसम्म ९२९ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको छ।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।