काठमाडौं– कोरोना भाइरसको जोखिम बढेपछि स्थगित भएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता जुनदेखि पुनः सुरु हुने भएको छ।
पास्तिान क्रिकेट बोर्ड (पिसिबी) ले जुन महिनाबाट रोकिएको लिग सुरु गर्ने जानकारी दिएको हो। प्रतियोगिता चलिरहेकै बेला खेलाडी तथा अफिसियल स्टाफहरुलाई कोरोना लाग्न थालेपछि लिग अनिश्चितकालको लागि स्थगित गरिएकाे थियाे।
मार्च ४ तारिखमा इश्लामाबाद युनाइटेड र लाहोर क्वलन्दर्सबीचको खेल थियो। जुन खेल जारी प्रतियोगिताको १५ औं खेल हो। तर तीन खेलाडीलाई मार्च ४ मै कोरोना संक्रमण भएपछि प्रतियोगिता स्थगित भएकाे थियो।
पाकिस्तान क्रिकेट बोर्ड कोरोना भाइरसको पोर्टोकल मापदण्ड परिवर्तन गरी थप कडाई गर्ने तयारीमा छ। यसअघि २०२० को संस्करणको पिएसएल पनि कोरोना भाइरसको कारण रोकिएको थियो। मार्च १५ पछि रोकिएको लिग नोभेम्बरमा गरेको थियो।
सन्दीप लामिछानेले लाहोर क्वलन्दर्सबाट लिग खेल्न पाकिस्तान पुगेका थिए। तर कोरोनाको कारण लिग स्थगित भएपछि नेपाल फर्किइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।