काठमाडौं– पुल्चोक इन्जिनियर क्लबले राजधानीमा जारी नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापिठलाई २८ रनले पराजित गरेको हो। पुल्चोक दिएको २४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापिठले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२० रन मात्र बनायो।
विद्यापिठका जनक भट्टले ४४ रन बनाए। पुल्चोकका उदिप श्रेष्ठले र दिनेश ठगुन्नाले समान २–२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको पुल्चोकले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो। पुल्चोकका गौरब खड्काले ९४ र सागर थापाले ६७ रन बनाए।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनल समिकरण भने यसअघि नै पूरा भैसकेको छ। समूह ए बाट हाम्रो किचन, समूह बी बाट बालपार्क क्रिकेट एकेडेमी, समूह सी बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र समूह डी बाट एन्जल हार्ट अन्तिम चारमा प्रवेश गरेका छन्।
शुक्रबार हुने पहिलो सेमिफाइनलमा ग्रेट हिमालय र हाम्रो किचन र दोस्रो सेमिफाइनलमा एन्जल हार्टले बाल पार्कसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।