काठमाडौं– त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगितामा शतक बनाएका छन्। बागमती प्रदेशविरुद्ध उनले शतक बनाएका हुन्।
त्रिवी क्रिकेट मैदानमा लिग चरणका अन्तिम खेलमा विनोदले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए। उनले ९७ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे।
२६७ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको आर्मी टिमलाई सम्हाल्दै विनोदले जिततर्फ लगेका छन्।
विनोदले बनाएको शतक जारी प्रतियोगितामा तेस्रो शतक हो। यसअघि आर्मीविरुद्ध नै बागमतीका पारस खड्काले शतक बनाएका थिए। उनले शतकसहित ११९ रन जोडे।
दीपेन्द्रसिंह ऐरीले पनि एपिएफविरुद्ध शतकसहित १४० रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।