काठमाडौं- काठमाडौं मेयर्स एघार टिमले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम एपिएफ क्लबलाई १८८ रनको लक्ष्य दिएको छ।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १७७ रन बनाएपछि एपिएफले सामान्य लक्ष्य पाएको हो। काठमाडौंका सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भूषालले २० रन बनाए।
१४ रनमा पहिलो विकेटको रुपमा विपिन रावललाई गुमाएको काठमाडौंले ४४ रनमा दोस्रो विकेटको रुपमा खड्क बोहोरालाई गुमाएको थियो। तर, तेस्रो विकेटको लागि सन्दीप रजाली र हरिशंकरले राम्रो साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए।
बलिङतर्फ अविनाश बोहरा र कमलसिंह ऐरीले समान ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।