काठमाडौं- पारस खड्काले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा शतक बनाएका छन्। बागमती प्रदेशका पारसले विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध शतक बनाएका हुन्।
पारसले १२२ बलमा शतक बनाएका हुन्। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ९ चौका र २ छक्का प्रहार गरे।
जारी प्रतियोगितामा पारसको खराब प्रदर्शन थियो। पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध शून्यमा आउट भएका पारसले दोस्रो खेलमा काठमाडौं मेयर्स एघार टिमसँग १० रन बनाएका थिए। तेस्रो खेलमा भने पारसले एपिएफविरुद्ध २९ रन बनाएका थिए।
जारी प्रतियोगितामा यो दोस्रो शतक हो। यसअघि पुलिसका दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए। उनले एपिएफविरुद्ध शतकसहित १४० रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।