काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने भएको छ। सर्वोच्चको फैसलापछि एमालेमै रहेर संघर्ष गर्न तयारीमा रहेको नेपाल पक्षको केन्द्रीय कमिटीको भेलाले यस्तो निष्कर्ष निकालेको हो।
पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा 'बादल'लाई उपाध्यक्ष पद विधिसंगत रुपमा दिनुपर्ने अजेन्डा पनि नेपाल पक्षले उठाउने छ। बुधबार भएको भेलामा नेपाल पक्षका ६० जना केन्द्रीय सदस्य उपस्थित छन्।
भेलामा सहभागी अधिकांश केन्द्रीय सदस्यले एमाले विघटन आफूहरूले नभई अध्यक्ष केपी शर्मा ओलीले गरेकाले डराउनु नपर्ने मत राखेका छन्।
पार्टी कमिटीमा पनि कमजोर नभएका कारण ओलीका खराब प्रवृत्तिविरुद्ध पार्टीमै रहेर संघर्ष गर्न सकिने उनीहरूको निष्कर्ष छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा नेताहरूले बोल्ने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।