काठमाडौं– विभागीय टिम नेपाल पुलिस क्लबले ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर एघार टिमलाई १९८ रनको समान्य लक्ष्य पेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १९७ रन मात्रै बनाउन सक्यो। पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए।
बलिङतर्फ काठमाडौंका कप्तान सन्दीप लामिछाने, विपिन खत्री र हरिशंकर शाहले समान ३–३ विकेट लिए। पुलिसले काठमाडौं एघारलाई पराजित गरेमा फाइनल प्रवेश गर्नेछ।
काठमाडौंसँग पुलिस हारेमा भने फाइनल पुग्ने सम्भावना अंक गणितमै सीमित रहनेछ। तीन खेलबाट चार अंक बनाएको पुलिस अंक तालिकामा शीर्ष स्थानमा रहँदा दुई खेलबाट दुई अंक बनाएको काठमाडौं तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।