काठमाडाैं– पछिल्लो २४ घण्टामा देशभर ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ७१५ जनाको नमुना परीक्षण गर्दा २५ महिला र ३४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हाे।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ८७० रहेको रहेको छ।
यस्तै मंगलबार एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार १२ पुगेकाे छ।
यस्तै पछिल्लो २४ घण्टामा ६० जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ९८७ जना कोरोना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।