काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतको फैसलाले आफ्नो पार्टीको साख वृद्धि भएको बताएका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै कट्टेलले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले ‘कथित शक्ति’को उन्मादमा आफैंले बनाएको संविधान र कानुन विपरीत सर्वसत्तावाद लाद्न खोजेका टिप्पणी गरेका छन्।
दुई दलीय अधिनायकवाद लाद्ने गुरूयोजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म अदालतको निर्णयले असफल पारिदिएको कट्टेलको भनाइ छ।
‘समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको छ। पार्टीको साखमा वृद्धि गरेको छ’, कट्टेलले भनेका छन्, ‘नीति, विचार, सिद्धान्त थप प्रचारित हुने मौका पाएको छ। सारमा इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको छ।’
उनले आफ्नो पार्टी नयाँ जनवादी गणतन्त्र स्थापना गर्न निरन्तर संघर्ष गरिरहेको बताएका छन्।
यस्तो छ कट्टेलको विज्ञप्ति :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।