काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर अघि बढ्न निर्णय गरेको छ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपा एमालेसँग भने ‘आवश्यकता अनुसार’ मात्रै छलफल गरिनेछ। ‘संसद् सञ्चालन र सरकारका विषयमा कांग्रेस र जसपासँग छलफल, परामर्श र वार्ता गरेर अघि बढ्ने निर्णय गरिएको छ’, मंगलबारको स्थायी कमिटी बैठकपछि उनले भने।
मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले कांग्रेस र जसपासँग सहमतिअनुसार मात्रै आगामी कदम चाल्ने निर्णय गरेको हो।
बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ प्रवक्ता श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।