काठमाडाैं– माओवादी केन्द्रको स्थायी कमिटि बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। पार्टी कार्यलय पेरिसडाँडामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्।
सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिको बारेमा छलफल गर्न बसेको बैठकले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय पनि गरेको छ।
सर्वोच्च अदालत नेकपा एकतामा ऋषिराम कट्टेलको नाम मिलेको बन्दै बदर गरेको थियो। सर्वोच्चले यी दुवै पार्टी पुरानै नाममा ब्युतिने र एकता गर्ने भए फेरी प्रक्रिया आयोगले अघि बढाउने भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।