काठमाडौं– बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २३४ रनको लक्ष्य दिएको छ।
त्रिवl क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ६ विकेटको क्षतिमा २३३ रन बनायो। बागमतीका लागि दुई खेलाडीले अर्धशतक बनाए।
सातौं नम्बरमा आएका नन्दन यादव ६० रनमा अविजित रहे। उनले ५६ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ६० रन बनाए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए।
आदिल खानले ३४, इशान पाण्डेले ३१ र पारस खड्काले २९ रन बनाए। बलिङतर्फ किशोर महतो र अमरसिंह रौटेलाले समान २–२ विकेट लिए।
आजको खेलमा बागमती पहिलो जितको खोजीमा छ। यता, दुई खेलमा अपराजित रहेको एपिएफ तेस्रो खेलमा पनि जित निकाल्ने लक्ष्यमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।