काठमाडाैं– पछिल्लाे २४ घण्टमा देशभरमा ८९ जना काेराेना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा चार हजार ३९९ नमूना परीक्षण गर्दा ४९ पुरुष र ४० महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे।
योसँगै जम्मा संक्रमितकाे संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ। काठमाडौंमा ४५ ललितपुर छ र भक्तपुर छ गरी ५७ नयाँ संक्रमित फेला परेका छन्।
आज थप ४१ जना काेराेना संक्रमणमुक्त भएका छन्। याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे कुल संख्या दुई लाख ७० हजार ९२७ पुगेकाे मन्त्रालयले जनाएको छ।
आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ।
काेराेनाका कारण हालसम्म देशभरका तीन हजार ११ को मृत्यु भइसकेको छ। हाल क्वारेन्टाइनमा ५५ रहेको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।