काठमाडाैं– १४औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)को खेल तालिका सार्वजनिक भएको छ। आइपीएल गभर्निङ काउन्सिलले आइतबार खेल तालिका सार्वजनिक गरेकाे हाे।
जारी तालिका अनुसार पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर भिड्ने छन्। पहिलो खेलमा चेन्नाइमा मा ९ अप्रिल हुनेछ।
आइपीएलमा कुल ६० खेल हुने छन्। जसअन्तर्गत चेन्नाइ, मुम्बई, कोलकाता र बेङ्ग्लोरमा १०/१० खेल हुनेछ भने अहमदाबाद र दिल्लीमा ८/८ खेल हुनेछ। खेल दिउँसाे हुने खेल नेपाली समयअनुसार ३:४५ बजेबाट सुरु हुनेछ। यता राति हुने खेल ७: ४५ बजेबाट सुरु हुनेछ।
यो पटक कुनैपनि टोलीले आफ्नो घरेलु मैदानमा खेल्न पाउने छैनन्। प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नाइ, दिल्ली, मुम्बई र कोलकतामा हुनेछन्।
लिग चरणको अन्तिम खेल मे २३ मा बेंगलोर र कोलकाताबीच हुनेछ। पहिलो क्वालिफायर २५ मे मा हुनेछ। मे २६ मा एलिमिनेटर हुनेछ। दोस्रो क्वालिफायर मे २८ मा हुनेछ।
आइपीएलका क्वालिफायर र फाइनल खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।