काठमाडौं–काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले शतक बनाएका छन्। त्रिवि मैदान कीर्तिपुरमा एपिएफविरुद्ध टस जितेर ब्याटिङ रोजेको खेलमा ऐरीले १२० बलमा १०५ रन बनाएका हुन्।
ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेलले २४ बलमा १० रन, सुनिल धमलाले ७२ बलमा ३३ रन साथै तेस्रो क्रममा आएका अमित श्रेष्ठले ९ बलमा १ रन मात्र बनाएका थिए।
चौथो क्रममा ब्याटिङमा आएका दिपेन्द्रले सम्हालिएको खेल देखाउँदै टिमको रन उकासेका हुन्। शतक बनाउँदा उनले ८ चौका र ३ छक्का हाने।
पुलिस क्लबले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई शनिबार दुई रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।