काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान सुरु भएको छ। ६५ वर्ष माथिका करिब १७ लाख जनसंख्या रहेको स्वास्थ्य मन्त्रलयले बताएको छ।
खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्रको स्थापना गरिएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लक्ष्य राखिएको उनले बताए। सचिव अर्यालका अनुसार प्राथमिकता निर्धारण गरेका सबैले चैतसम्म पहिलो मात्रा पाउनेछन्।
यो अभियान अन्तर्गत ५५ वर्षदेखि ६४ वर्षका नागरिकले भने १० दिनपछि मात्र खोप लगाउन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।