काठमाडौं– काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज (आइतबार) दुई खेल हुँदै छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा काठमाडौं मेयर एघार टिमले बागमती प्रदेशसँग खेल्नेछ।
त्रिवि क्रिकेट मैदानमा एपिएफ क्लब र पुलिसबीचको खेल बिहान ८ः४५ बजे सुरु भएकाे छ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको एपिएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
यता, पुलिसले पनि बागमती प्रदेशलाई पहिलो खेलमा दुई रनले पराजित गरेको थियो। शरद भेषावकरको कप्तानीमा रहेको एपिएफ एक सन्तुलित टिम हो। पुलिस पनि राम्रो टिम हो।
आफ्नो पहिलो खेलमा ७२ रनमा अलआउट भए पनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमती प्रदेशलाई पुलिसले दुई रनले हराएको थियो।
यता, बागमती प्रदेश भने आफ्नो दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ। काठमाडौं मेयर एघार टिमको भने पहिलो खेल हो। सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं एघार युवा खेलाडीको टिम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।