काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।
मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएसँगै भोलिबाट दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान पनि सुरु हुने छ।
भोलिदेखि ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्ष माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।