काठमाडौं–लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी (केसिएमआइटी) बीच सहकार्य भएको छ।
विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमूलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको बताइएको छ। सहकार्यसम्बन्धी सहमतिपत्रमा कुमारी जब प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले हस्ताक्षर गरेका हुन्।
सहकार्यसँगै विद्यार्थीको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गरिने बताउँदै कुमारी जबका प्रवन्ध निर्देशक भण्डारीले सहकार्यले व्यावसायिक यात्रामा सहयोग पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।