काठमाडाैं– जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि पुन: थप गरिएको छ।
प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि पुन: थप गर्नुपरेकाे उनले जानकारी दिए।
राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने छ। याेसँगै सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागु हुनेछ।
स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले चेतावनी दिँदै आएका छन्।
सङ्कटकाल लागु गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको छ। बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने शर्त राखिएको छ। भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।