काठमाडाैं– बिहारकाे गोपालगन्जस्थित अदालतले खजुरबानी विषाक्त रक्सीकाण्डका ९ दोषीलाई फाँसीको सजाय सुनाएको छ। शुक्रबार गोपालगन्जको एडीजे २ को अदालतले उनीहरुलाई फाँसीकाे सजाय सुनाएकाे हाे।
भारतीय पत्रिका दैनिक भास्करकाे अनलाइन संस्करण अनुसार उक्त अन्य ४ महिलालाई आजीवन जेल सजाय सुनाइएको छ।
कन्हैया पासी, लालझारी देवी, नगीना पासी, राजेश पासी, सनोज पासी, सञ्जय पासी, इन्दु देवी, कैलाशो देवी, लाल बाबू पासी, रञ्जन चौधरी, मुन्ना चौधरी, रिता देवी र लालधरि देवीविरुद्ध मुद्धा दायर गरिएकाे थियाे। यसमध्ये सनोज र सञ्जय अहिले पनि फरार छन्।
समाचारमा जनाइए अनुसार साढे ४ वर्षपछि भारतको बिहारमा रक्सीकाण्डमा ठूलो सजायको फैसला भएको हाे।
२०१६ अगस्ट १६ मा गोपालगन्ज नगर थानास्थित खजुरबानीमा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यु भएको थियो भने ६ जनाको दृष्टि गुमेको थियो।
सबै मर्नेहरू गरिब परिवारका थिए। सबैभन्दा बढी मृत्यु हुनेमा नोनिया टोली, पुरानी चौक र हरखुआन क्षेत्रका बासिन्दा थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।