काठमाडाैं– पछिल्लाे २४ घण्टामा देशभर १२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।
पछिल्लो २४ घन्टामा ८३ जना निको भएरका छन्। योसहित निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।