काठमाडौं–सुनको मूल्य ओरालो लाग्ने क्रम बढेको छ। एक सातामै सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।
शुक्रबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य शुक्रबारका लागि ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यो साता आइतबारेदेखि शुक्रबारसम्म मात्रै सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ। आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।
यस्तै चाँदीको मूल्य पनि एक सातामा प्रतितोलामा ७५ रुपैयाँले सस्तिएको महासंघले जनाएको छ। चाँदीको मूल्य शुक्रबार तोलामा ३५ रुपैयाँले घटेकोे हो।
बिहीबार १२ सय ८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबाका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ। नेपाली बजारमा सुनको मूद्यल्य अन्तर्राष्ट्रिय बजारमा निर्माण भए अनुसार नै हुन्छ।
अन्तर्राट्रिय बजारमा पछिल्लो पटक सुनको मूल्य घटेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।