काठमाडाैं–नेपाली फिल्म गोर्खे शुक्रबारदेखि नेपालभरका हलमा प्रर्दशन भएको छ। काठमाडौंमा रहेका सिनेमा घरले गोर्खेलाई कम्तिमा पनि २ सो दिएको निर्माता हरि लामाले जानकारी दिए।
फिल्मको ’गाउँभर हल्ला छ’, ’सिन्की–अचार’लगायत गीतलाई दर्शकले मन पराएका छन्। त्यसैले यो दर्शकको प्रतिक्षित फिल्म हो।
फिल्मले भारतीय सेनाका सिपाहीको कथा भन्ने बताइएको छ। ५ युवाको कथा बोल्ने फिल्ममा रवीन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अजुर्न गुरुङलगायतको अभिनय छ। फिल्मको कथा काजी लिम्बूले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।