काठमाडाैं– संघीय संसदका सांसदले कोरोना भाइरसविरुद्धकाे खोप लगाउने क्रम बिहीबार पनि जारी छ। सांसद सचिवालयका अनुसार आज थप ६० जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन्।
बुधबारबाट सुरु भएको अभियानमा हालसम्म २२५ जना सांसदहरुले खोप लगाएका छन् ।
फागुन २३ गते सुरु हुने प्रतिनिधि सभाको अधिवेशन अघि सांसद र संघिय संसद सचिवालयमा कार्यरत रहेका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरुलाई खोप लगाइएको हो ।
हालसम्म ९७२ जनाले कोरोनाको खोप लगाएका छन् । बुधवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्नी सापकोटा लगायतले खोप लगाएका थिए ।
बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहितले खोप लगाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।