काठमाडाैं– दक्षिण कोरियामा गत २४ घण्टामा थप ४२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। याेसँगै कूल संक्रमितकाे संख्या ९१ हजार भन्दा बढी भएको छ।
दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो।
गत वर्ष नोभेम्बरदेखि कैयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुँदै आएको थियो। दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर संक्रमित देखिदै आएका थिए। ती क्षेत्रहरुमा आयातित केसहरूले पनि प्राथमिता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणकाे कारण थप सात व्यक्तिको मृत्यु भएकाे छ। याेसँगै ज्यान गुमाउनेकाे संख्या १ हजार ६१९ जना पुगेका छन्।
दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ। सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।