काठमाडाैं– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग छलफल गरेका छन्।
उनीहरूका बीचमा आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा दुवै देशका नेताहरूले आपसी सहकार्य बढाउनु पर्ने र सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिएको उल्लेख गरिएको छ।
'उपराष्ट्रपति र प्रधानमन्त्रीले थप सहकार्यका अवसर तथा सम्भावनाहरू, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तन, चीन र बर्मासँगै अन्य धेरै विषयमा छलफल गर्नुभएको छ,' वक्तव्यमा लेखिएको छ।
उनीहरूले इन्डो प्यासिफिक क्षेत्रका बीचमा बलियो एकता र थप सहकार्यका बारेमा पनि विचारविमर्स गरेकाे अधिकारीहरूले जनाएका छन्।
'सँगसँगै काम गर्ने कुरामा सुधार गर्ने, अन्य साझेदार तथा सरोकारवाला निकायहरूसँगको सम्बन्धलाई बलियो बनाउने, अर्थतन्त्रको पुनःउत्थानका लागि संयुक्त प्रयास गर्ने, एक अर्कालाई सक्दो सहयोग गर्ने बारेमा उपराष्ट्रपति ह्यारिस र प्रधानमन्त्री मोरिसन सहमत हुनुभएको छ,' वक्तव्यमा उल्लेख छ।
उपराष्ट्रपति ह्यारिसले यसअघि क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो, फ्रान्सका राष्ट्रपति एम्यान्युएल माक्रोनलगायतसँग पनि कुराकानी गरेका थिए।
गत जनवरीमा उपराष्ट्रपतिको जिम्मेबारी सम्हालेकी ह्यारिसले वैदेशिक तथा कूटनीतिक सम्बन्ध सुधार्ने तथा ताजकी गर्ने प्रयासलाई प्राथमिकता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।