काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप लिन १५ स्थान तोकेको छ। महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै ३२ वडाका लागि १५ खोप केन्द्र तोकेको हो।
महानगरका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने छ।
यस्तै मदरल्यान्ड अस्पताल, सिनामंगल र पेप्सीकोला, काठमाडौं मेडिकल कलेज, सिनामंगल, ओम अस्पताल एण्ड रिचर्स सेन्टर, ईस्तुपा अस्पताल, बौद्ध, शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्र, त्रि.वि शिक्षण अस्पताल र हिमाल अस्पताल, नक्साललाई पनि खोप केन्द्र तोकिएको छ।
यता नेपाल प्रहरी अस्पताल, विरेन्द्र सैनिक अस्पताल र जनमैत्री अस्पताल, बालाजुमा पनि कोरोना भाइरसविरुद्धको खोप दिइनेछ।
खोप लिन आउने व्यक्तिले उमेर खुल्ने फोटोसहितको परिचय पत्र ल्याउन महानगरले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।