काठमाडाैं– अष्ट्रेलियाले आगामी जुनसम्म अन्तर्राष्ट्रिय सिमाना बन्द राख्ने भएकाे छ। यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय गरेकाे जानकारी दिएका हुन्।
कोरोनाभाइरसको महामारीका कारण अष्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ।
अष्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उनले बताए।
विषेश र अत्यावश्यक कारण बाहेकका अन्य कारणले अष्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।