काठमाडौं– जंगली जनावर लगुनाको सिकार गरेर मासु भाग लगाउँदै गरेकाे अवस्थामा एक सिकारीलाई नेपाली सेनाको टोलीले पक्राउ गरेको छ।
‘परेशन महाहन्ट ७’ कोशिटप्पु वन्यजन्तु आरक्षको रेन्ज पोष्टबाट खटिएको टोलीले लगुनाको मासु र बन्दुकसहित सिकारीलाई मंगलबार उदयपुरबाट पक्राउ गरेको हो ।
उदयपुरको वेलका नगरपालिका–२ भागलपुरका ३९ वर्षीय सुक्रमान राईलाई सोही नगरपालिकाको मोरीयाधार आरक्ष कोर इलाकाबाट पक्राउ गरेको सेनाले जनाएकाे छ।
पक्राउ परेका राईलाई कोशिटप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहा सुनसरीको जिम्मा लगाइएको छ ।
उनको साथबाट सेनाले भरुवा बन्दुक ४ थान, बारुद २ सयग्राम, लगुनाको मासु साढे १३ किलो, मोबाइल २ थान, झोला ५ थान, सिसाको गोली ४ थान, दाउ १ थान, काठको क्यापे २ थान, टर्चलाइट १ थान र म्याट २ थान बरामद गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।